Rastriya Parichaya Patra (NID) Print Check Online: राष्ट्रिय परिचयपत्र (National identity Card) एउटा महत्वपूर्ण परिचय पत्र हो जसमा चिप (chip) राखिएको हुन्छ। यसमा तपाईंको सम्पूर्ण विवरण जस्तै तपाईंको नाम, जन्म मिति, ठेगाना, आमा-बुबाको नाम, र राष्ट्रिय परिचय नम्बर हुन्छ। साथै, आँखा र सबै हातको औँलाको छाप पनि हुन्छ। यो कार्ड सजिलै नक्कल वा परिवर्तन गर्न सकिँदैन, जसले यसलाई पुरानो नागरिकता कार्डभन्दा बढी सुरक्षित बनाउँछ।मैले राष्ट्रिय परिचय पत्र बनाउँदा के के कागजपत्र लागेको थियो र राष्ट्रिय परिचयपत्र (NID) प्रिन्ट भयाे कि भएन भनेर कसरी हेर्ने, हजुरहरुलाई यस ब्लग (blog )मा जानकारी दिनेछु। त्यसैले यस blog लाई अन्त्यसम्म पढ्नुहोस्।
राष्ट्रिय परिचयपत्र (NID) बनाउन आवश्यक कागजातहरू 📃
राष्ट्रिय परिचयपत्र (NID) को लागि आवेदन गर्दा, मैले अनुभव गरेको अनुसार यी कागजातहरू अनिवार्य छन:
- नेपाली नागरिकता प्रमाणपत्र : आफ्नो मूल नागरिकता प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनु पर्ने हुन्छ।
- बसाइँसराइ प्रमाणपत्र (यदि लागु भएमा): यदि तपाईंले स्थायी ठेगाना परिवर्तन गर्नुभएको छ भने, सम्बन्धित कार्यालयबाट प्राप्त मूल बसाइँसराइ प्रमाणपत्र बुझाउनुहोस्
- विवाह दर्ता प्रमाणपत्र (यदि लागु भएमा): यदि विवाह भइसकेको छ र नागरिकता प्रमाणपत्रमा श्रीमान्/श्रीमतीको नाम उल्लेख छैन भने, मूल विवाह प्रमाणपत्र अनिवार्य छ
- राहदानी (यदि लिइसकिएको छ भने): तपाईंले पहिले नै राहदानी बनाउनु भएको छ भने, त्यसको मूल प्रति पनि संलग्न गर्नुहोस्।
राष्ट्रिय परिचयपत्र प्रिन्ट भयाे कि भएन ? यसरी चेक गर्नुहोस् | Rastriya Parichaya Patra Print Check Online 2025
१. आफ्नो माेबाइलमा रहेको Chrome Browser मा गएर citizen portal donidcr gov np टाइप गर्नुहोस्। राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागकाे बेवसाइट खुल्छ । त्यसमा क्लिक गर्नुहोस्।
२. वेबसाइटमा क्लिक गरेपछि नयाँ इन्टरफेस खुल्छ। अब सबैभन्दा माथिको option 'Check NID Card Status' मा click गर्नुहोस्।
३. तल तस्वीरमा देखिएको जस्तै नयाँ इन्टरफेस खुल्छ, जहाँ तपाईं आफ्नो आवेदन नम्बर राखेर वा राष्ट्रिय परिचयपत्र नम्बर राखेर चेक गर्नसक्नुहुन्छ।
४. आफ्नो आवेदन नम्बर राखेर वा राष्ट्रिय परिचयपत्र नम्बर राख्नुहोस् अनि Captcha भर्नुहोस्। त्यसपछि Search Box मा click गर्नुहोस्।
६. केही समय पर्खनु पर्छ, त्यसपछि तल तस्वीरमा देखिएको जस्तै गरि आफ्नो राष्ट्रिय परिचयपत्र प्रिन्ट भयाे कि भएन थाहा पाउन सक्नुहुनेछ।







Post a Comment